काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ६२.६४ प्रतिशतले बढाउन सफल भएको छ ।

समीक्षा अवधिमा बैंकले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ७१ लाख ९७ हजार रुपैयाँ थियो । यो हिसाबले बैंक अघिल्लो वर्षको तुलनामा खुदा नाफा ४५ लाख रुपैयाँ बढाउन सफल भएको छ ।

बैंकको खुद ब्याज आम्दानी ७ करोड ४२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ करोड ३२ लाख रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ६५ लाख ६९ हजार रुपैयाँले बढेर १ करोड ६७ लाख रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा १ करोड १ लाख रुपैयाँ थियो ।

बैंकले रिजर्बको आकार ३१.२२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २३ लाख ७६ हजार रुपैयाँ रिजर्बको आकारलाई बढाएर बैंकले ३१ लाख १८ हजार रुपैयाँ पुर्याएको हो ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८ करोड रुपैयाँ नै ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ५९ करोड ९८ दाख रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ९५ लाख ऋण प्रवाह गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी २.३४ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा २.६६ प्रतिशत रहेको थियो । यस हिसाबले बैंकको खराब कर्जा प्रतिशत १.१५ प्रतिशतले बढेको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो ३९.२४ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ८.७२ प्रतिशत र सीडी रेसियो ७०.०९ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दर १३.४८ प्रतिशत रहेको छ।