काठमाण्डौ । अमेरिकाले छिट्टै आप्रवासीहरुलाई स्थायी बसोबासका लागि आवश्यक ग्रीन कार्ड प्राप्त गर्ने प्रक्रियामा ठूलो परिवर्तन गर्न लागेको छ।
यो परिवर्तनका लागि अबको एक साताभित्रै अमेरिकी हाउस अफ रिप्रेजेनटेटिभमा ‘कानुनी रोजगारीका लागि ग्रीन कार्डहरुमा समान पहुँच ऐन, २०२२’ मा मतदान हुनेछ।
हाल अमेरिकामा बस्नका लागि आवश्यक पर्ने ग्रीन कार्डमा प्रत्येक देशका लागि कोटा छ। यो कानुन पारित हुनेबित्तिकै प्रतिदेश ग्रीन कार्ड क्याप समाप्त हुनेछ। जसबाट हजारौँ आप्रवासी लाभान्वित हुनेछन्।
अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसले पनि यो विधेयक पारित गर्न कंग्रेस (संसद) लाई समर्थन गरेको छ। ह्वाइट हाउसले यस विधेयकमा अन्य धेरै महत्वपूर्ण प्रावधानहरु पनि समावेश गरिएको जनाएको छ। यो परिवर्तनपछि दुई वर्षदेखि पर्खिरहेका आप्रावासीहरुले पनि ग्रीन कार्डका लागि आवेदन दिन पाउनेछन्।
यो विधेयक पारित भएपछि अमेरिकी कम्पनीहरुले जन्मस्थलको सट्टा योग्यताका आधारमा कामदार राख्न सक्नेछन्। ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै सरकार आप्रवासी भिसा प्रणालीमा सुधार र भिसाको ब्याकलग कम गर्न तत्पर रहेको जनाएको छ। यसैले सरकारले एचआर ३६४८, २०२२ को कानुनी रोजगार ऐनअन्तर्गत सबै मानिसहरुको ग्रीन कार्डको पहुँचलाई समर्थन गर्दछ र अमेरिकी कम्पनीहरुलाई जन्मस्थानको सट्टा योग्यताका आधारमा मानिसहरुलाई काममा राख्न अनुमति दिन्छ।
कुनै पनि देशले भिसा नदिने कुरा सुनिश्चित गर्न यो परिवर्तनलाई पूर्ण रुपमा लागू गर्न ९ वर्ष लाग्नेछ। यसका साथै ग्रीन कार्ड क्याप पनि चरणबद्ध रुपमा खारेज गरिनेछ।
यस अवधिमा तत्काल आवश्यकताहरु पूरा गर्न, नर्सहरु र शारीरिक थेरापिस्टहरुसहित सबै स्वास्थ्य सेवाहरुमा संलग्न आप्रवासी र तिनका परिवारका सदस्यहरुलाई यस प्रणालीबाट अलग राखिनेछ।
ह्वाइट हाउसले आप्रवासीहरुले पुस्तादेखि अमेरिकी अर्थतन्त्रको प्रमुख क्षेत्रहरुमा योगदान दिइरहेको उल्लेख गरेको छ। प्रवासीहरुको सहयोगले यस क्षेत्रमा नवप्रवर्तन र उद्यमशीलताको उल्लेख्य वृद्धि भएको ह्वाइट हाउसको ठहर छ।
यो विधेयकसँगै सरकारले अमेरिकी नागरिकता ऐन पनि पारित गर्न संसदलाई आग्रह गरेको छ। यस ऐनले आप्रवासीहरुका लागि कानुनी मार्गबाट अमेरिका प्रवेश गर्ने विकल्पहरुलाई सुधार गर्नेछ।
ग्रीन कार्ड अमेरिकामा बस्ने आप्रवासीहरुलाई जारी गरिएको कागजात हो। यो कागजातले प्रवासीलाई अमेरिकामा स्थायी बसोबासको विशेषाधिकार दिन्छ। ग्रीन कार्ड आधिकारिक रुपमा स्थायी निवास प्रमाणपत्रका रुपमा चिनिन्छ। –एजेन्सी
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago