काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक समितिको निर्वाचन गर्नेछ। सभाले १ जना स्वतन्त्र सञ्चालक नियुक्ति पनि गर्नेछ।
सञ्चालकको कार्यकाल ४ वर्षको राख्नका लागि नियमावलीका नियमहरुमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago