काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ४ प्रतिशतले हुन आउने २ करोड रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। जसमा बैंकको सेयर प्रिमियमबापत रहेको रकमबाट बैंकको चुक्तापुँजीको १ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँबराबर र गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको २.८० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ गरी कुल ३.८० प्रतिशतले हुन आउने १ करोड ९० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने १० लाख रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभासबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।