काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् । 

यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ ।