काठमाण्डौ । सानिमा बैंकले २०७९ चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक–२०२३ अभियानअन्तर्गत देशैभरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीनदिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो। उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो।
वित्तीय साक्षरताअन्तर्गत देशभरिका शाखाहरुमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गएिको थियो। यसका साथै ग्लोबल मनी विकको ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवावर्गहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरुमार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालय र १२३ एटीएम सञ्जालहरु सञ्चालनमा छन्।
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago