काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम  र  आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर के.सी का बीच छुट्टा छुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।

नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।