काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले आफ्ना लगानीकर्तालाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको मंसिर २८ गते दिनको ३ः१५ बजे बसेको संचालक समितिको १२१ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सो अवधिसम्म कायम वितरणयोग्य मुनाफा मुनाफाबाट २९ प्रतिशत हाराहारीमा लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ रहेको छ । कम्पनीको संचालक समितिले यो चुक्तापूँजीको २७.४७ प्रतिशतले हुने ७ करोड १३ लाख ९ हजार १०८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.४५ प्रतिशतले हुने ३७ लाख ५३ हजार १११ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यो प्रस्ताव नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 
बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ३३ करोड माथि पुग्नेछ ।