काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते डोकेको हो। सभा काठमाण्डौको कमलादीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ।

सभाले बैंकद्वारा प्रस्तावित कुल १६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको १४ प्रतिशतले हुन आउने बोनस सेयर र २ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्। 

सोही सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि सबै प्रक्रिया पूरा गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ लाभांश प्राप्ति र सभामा भाग लिन पुस १४ गतेसम्म यो बैंकको सेयरधनी कायम भइसक्नुपर्नेछ।