काठमाण्डौ । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लास्थित आर्मी ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ । 

यस नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २४० पुगेको बैंकले जानकारी दिएको छ । 

उक्त एटीएम सेवा खड्गदल गन , लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरे । 

बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।