काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखा कार्यालयले कोभिड–१९ को यस बिषम परिस्थितिमा सर्वसाधारणको सुरक्षामा अहोरात्र खटिने प्रहरी सुरक्षाकर्मीको स्वस्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले माक्स तथा सेनिटाइजर वितरण गरेको छ। 

संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडि र तानसेन लगायतका शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा २२ लिटर सेनिटाइजर तथा २५ प्याकेट माक्स वितरण गरेका छन्।

कास्की जिल्लाको विजयपुरमा केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यो सानो सहयोगले पनि सुरक्षाकर्मीको उच्च मनोबलमा थप योगदान पुग्ने विश्वास लिएको छ। वित्तीय संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए।