काठमाण्डौ। ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लिमिटेडलेले कोरोना संक्रमित आफ्ना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ। 

संस्थाले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँबराबरको नगद सहयोग वितरण गर्नुका साथै लमजुङस्थित सर्वोदय सेवा आश्रममा २५ हजार रुपैयाँबराबरको खाद्यान्न तथा आवश्यक भाँडाकुँडा वितरणसंस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले  गरेका थिए। सहयोग वितरण कार्यक्रममा जोशीले वित्तीय संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्वअन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने बताए। 

संस्थामा हाल १ लाख २४ हजार ९४७ जना सदस्य आबद्ध छन्। संस्थाको ऋण लगानी ६ अर्ब २० करोड रुपैयाँ तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रुपैयाँ रहेको छ। 

वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी गत वैशाख ८ गतेबाट एकीकृत कारोबार शुरु गरेको छ। हाल संस्थाले सातैवटै प्रदेशमा १०२ वटा शाखामार्फत सेवा दिँदै आएको छ।