काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले आगामी कात्तिक २३ गते बिहीबार आफ्नो एघारौं वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ । 

असोज २० गते बसेको २८१ औं बोर्ड बैठकले काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा साधारणसभा बोलाएको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट १० प्रतिशत बोनस सेयर वितरणको विशेष प्रस्ताव पेश हुनेछ । बोनस सेयरपछि सोही हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी  गर्ने विशेष प्रस्ताव समेत एजीएमले स्वीकृत गर्ने सूचनामा उल्लेख छ । 

यस्तै, संचालक समितिका अध्यक्ष वार्षिक प्रतिवेदन पेश गर्ने साधारणसभामा लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७३/७४ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृतिको प्रस्ताव समेत पेश हुनेछ । 

यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब बढी खूद नाफा आर्जन गरेको थियो ।