काठमाण्डौ । ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति मागेको हो।
सेबोनले अनुमति दिएमा बैंकले ‘ग्लोबल आइएमई बैंक डिबेन्चर–२०८४÷८५’ जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ।
कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तरबबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।
बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन्।
ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago