काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा ३३३.१९ प्रतिशतले बढाउन सफल भएको छ । 

चौथो त्रैमास वितरण संस्थाले समीक्षा अवधिमा खुद नाफा ६ करोड ८० लाख खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिमा संस्थाले १ करोड ५७ लाख खुद नाफा गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १४ करोड ३१ लाख रुपैयाँ गरेको छ । जुन अघिल्लो वर्षमा ५ करोड ७५ लाखमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले पनि निकै आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा १० करोड २ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ करोड ४३ लाखमात्र रहेको थियो । 
 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २ करोड ५१ लाख रुपयाँ छुट्याएको छ । अघिल्लो वर्ष संस्थाले ४९ लाख रुपैयाँमात्र छुट्याएको थियो । 

यस अवधिमा संस्थाले २ अर्ब ५२ करोड सापटी लिई ३ अर्ब १८ करोड ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ९९ करोड ४६ लाख सापटी लिई १ अर्ब ८ करोड ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १८ करोड ७८ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख रुपैयाँ रहेको थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १ करोड ५४ लाख जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा ८ करोड २८ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ६१.६२ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १९.५१ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ रहेको छ । प्रतिसेयर कुल सम्पत्ति मूल्य रु ३४६९.४३ रहेको कम्पनीको तरलता अनुपात १३.७४ रहेको छ ।