काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीबराबरको सतप्रतिशत हकप्रद सेयर आज मंगलबारबाट बिक्री खुला गरेको छ । 

संस्थाले चुक्तापुँजी रु. ११ करोड ४ लाख ५७ हजार ५०० मूल्यबराबरको १:१ सेयर अनुपापतमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको छ । 

संस्थाले गत असार २४ नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन तथा वितरणको अनुमति पाएको थियो । लगानीकर्ताले भदौ २३ गतेसम्म सेयर खरिद आवेदन दिन सक्ने छन् । 

यो हकप्रद बिक्रीपछि संस्थाको चुक्तापुँजी रु २२ करोड ९ लाख १५ हजार पुग्नेछ । 

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धनको जिम्मा पाएको छ । 

ग्लोबल आईएमई लघुवित्तको यो हकप्रदलाई इक्रा नेपाल लिमिटेडले ग्रेड ४ प्लसको रेटिङ प्रदान गरेको छ । यो रेटिङले औसतभन्दा तल आधारहरु जनाउँछ । 

लमजुङको बेसीसरहमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण (कर्मचारीहरुसहित) तर्फ ३० प्रतिशत सेयर रहेको छ ।