काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ४०.५५ प्रतिशतले बढाउन सफल भएको छ । 

बैंकको प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही अवधिमा ५३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २८ करोड ११ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । 

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ७५ करोड ३१ लाख रुपैयाँ रहेको थियो । 

यसैगरी बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ५६ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । 

बैंकले समीक्षा अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब कर्जा प्रवाह गरेको थियो । 

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार ३ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।