काठमाण्डौ । लगानीयोग्य रकम भएर पनि उच्च ब्याजदरका कारण ऋण प्रवाह हुन नसकेपछि अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्रबैंकले ब्याजदर घटाउने नीति लिएको छ ।
मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले बैंकको ब्याजदर घटाउने गरी केही नीतिगत व्यवस्थाहरु गरेको हो ।
यही रणनीतिका कारण केन्द्रीय बैंकले हाल कायम बैंकदरलाई एकप्रतिशत विन्दूले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि यस्तो दर ८.५ प्रतिशत थियो । यो व्यवस्थाले निक्षेप र ऋणको ब्याजदर घटाउन मद्दत गर्नेछ ।
यस्तै, राष्ट्रबैंकले ऋणपत्रका कारण रोकिएको ऋण लगानीमा पनि थप लचकता अपनाएको छ । एक तथ्यांकअनुसार करिब ६० अर्ब रुपैयाँ बराबरको ऋणपत्र असार मसान्तपछि कर्जा खनिक्षेप अनुपात (सीडी रेसियो)मा गणना गर्न नपाइने अवस्थाक ाकारण बैंकहरुले पैसा भएर पनि ऋण दिन सकिरहेका थिएनन् । मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले पुस मसान्तसम्म ऋणपत्रलाई गणना गर्न दिने व्यवस्था गरेको छ ।
यस्तै, आर्थिक मन्दीका कारण समस्यामा परेका क्षेत्रलाई चलायमान बनाउने गरी केन्द्रीय बैंकले पुनर्कर्जा पनि दिने नीति लिएको छ । समीक्षामा उल्लेख भएअनुसार पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिइनेछ ।
यसैगरी, होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित तथा पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना रपुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।
चालु पुँजी कर्जा लिनेहरुका लागि पनि थप सहुलियत हुने गरी व्यवस्था गरिएको छ । चालु पुँजी कर्जालाई ब्याज नियमित रहेकमो अवस्थामा कुनै किसिमको हर्जाना र शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सकिने सुविधा दिइएको हो।
10 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago