काठमाण्डौ । ब्याजदर उच्च हुँदा कर्जा लगानी हुन नसकेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुले ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन सुरु गरेका छन्।
त्यसो त बैंकरहरुले बैंकहरुको ब्याजदर विस्तारै घट्दै जाने बताउँदै आएका थिए। यसबीच केही वाणिज्य बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन थालेका हुन्।
एभरेस्ट बैंकले पनि कर्जाको ब्याजदर औसतमा १ प्रतिशतले घटाएको छ। ‘ब्याजदर अब विस्तारै–विस्तारै घट्दै जान्छ, योभन्दा अघि डिपोजिटको ब्याजदर घटिसकेको छ, त्यसकारण कर्जाको ब्याजदर पनि विस्तारै घट्दैछ’, एभरेस्ट बैंकको एक अधिकारीले बिजशालासँग भने, ‘एभरेस्टले पहिले दिएको हाउजिङ लोनको ब्याजदर घटाएको छ, औसतमा भन्दा १ प्रतिशत ब्याजदर घटेको छ।’
यसअघि सानिमा बैंक र सिटिजन्स बैंकले पनि कर्जाको ब्याजदर घटेको जानकारी ऋणीहरुलाई गराएका थिए।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago