काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा झरेको छ। 

हिजो मंगलबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९१ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।