काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ८८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ४५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ स्थिर रहँदै रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर १ हजार १३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ घटेर १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।