काठमाण्डौ । नेपाली बजारमा अमेरिकी डलरको विनिमय दर आज मंगलबार घटेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ २६ पैसाले घटेको हो। यो गिरावटसँगै मंगलबार प्रतिडलर खरिददर १२१.३४ रुपैयाँ र बिक्रीदर १२१.९४ रुपैयाँ कायम भएको छ।
डलरको भाउ हिजो सोमबार स्थिर रहँदै प्रतिडलर खरिददर १२१.६० रुपैयाँ र बिक्रीदर १२२.२० रुपैयाँ कायम भएको थियो।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्र ढल्मलिइरहेको बेला डलर बलियो बन्दै गएको छ। त्यसैको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो। डलरको भाउ बढ्दा नेपाली मुद्रा कमजोर बन्द गएको छ।
केही सातादेखि डलरको भाउमा निकै उतारचढाव देखिइरहेको छ। यद्यपि डलरले आफ्नो उपस्थित बलियो बनाउँदै आएको छ।
डलरको भाउले गत अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago