काठमाण्डौ । नेपाली बजारमा बुधबार सुन-चाँदीको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।