काठमाण्डौ । विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने निर्णय गरेका छन्। 

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज अपराह्न ४ बजे बसेको बैठकले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

‘राष्ट्रिस्तरका विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशतको विन्दु घटाउँदै माघमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको छ’, एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले भने। 

मुद्दति निक्षेप र बचतको ब्याजदर अन्तर ५ प्रतिशत राख्नुपर्ने नियम भएकोले अब बचतको ब्याजदर पनि सोही अनुपातमा घट्नेछ। 

राष्ट्रिस्तरका विकास बैंकहरुले पुसमा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका छन्।