काठमाण्डौ । नेपाली बजार बिहीबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।
10 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago