काठमाण्डौ । साताको पहिलो दिन स्थिर रहेको सुनको भाउ दोस्रो दिन सोमबार ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो।