काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago