काठमाण्डौ । अब आफैँले आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न सकिने भएको छ। 

नापी विभागमा बिहीबार आयोजित एक औपचारिक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता डट जीओभी डट एनपी’ वेबसाइटको शुभारम्भ गरेसँगै यो सुविधा सेवाग्राहकले उपभोग गर्न पाउने भएका हुन्। अब यो वेबसाइटमा गएर सेवाग्राहीले आफैँले इन्टरनेटबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न मिल्ने भएको छ। 

यो सुविधा कार्यान्वयनमा अब आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन नापी कार्यालय धाइरहनु नपर्ने भएको छ। 

यो सुविधा हाल काठमाण्डौ उपत्यकाका डिल्लीबजार र कलंकी तथा भक्तपुरको कार्यालयमा लागू हुनेछ । विस्तारै यो सुविधा देशभरका १२६ वटै नापी कार्यालयबाट यो सुविधा सेवाग्राहीले लिन सक्ने विभागले जनाएको छ ।