काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ‘केएस इन्स्टा’  नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ।

ग्राहकले बैंकको वेबसाइटमार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन्। उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निस् शुल्क मोबाइल र इन्टरनेट बैंकिङको  सुविधा दिइएको बैंकले जनाएको छ। 

बैंकको केन्द्रीय कार्यालयमा भएको  फेसबुक लाइभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदीप आचार्यले यो खाताको शुभारम्भ गरे। कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि विशेष उपस्थिति थियो। 

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, १ ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटीएम एवं सोसियल मिडिया बंैकिङ प्लेटर्फममार्फत ग्राहकलाई विविध किसिमका वित्तीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।