काठमाण्डौ । अहिले विश्वमा इन्टरनेटले क्रान्ति नै ल्याइदिएको छ। घन्टौँसम्म कुरेर गर्नुपर्ने काम अहिले क्षणभरमै गर्न सकिन्छ।
इन्टरनेटको प्रयोगले मानिसको जीवनशैली नै परिवर्तन गरिदिएको छ। कोभिड–१९ को यो स्वास्थ्य जटिलताको अवस्थामा अहिले त इन्टरनेट वरदान नै सावित भएको छ। यसले कामकाजी आममानिसलाई घरमै बसेर कार्यालयको काम गर्न सक्ने अवस्था सिर्जना गरिदिएको छ। 

कोरोना महामारीकै कारण विश्वका प्रायः सबै मुलुकमा रहेका ठूलादेखि साना कार्यालयले घरबाटै काम गर्ने सुविधा प्रदान गरेका छन्। यो अवस्थामा सबैलाई छिटोछरितो इन्टनेट सुविधा आवश्यक पनि हुन्छ र चाहना पनि त्यही हो। 

जति धेरै एमबीपीएसको सेवा लियो त्यत्ति नै छिटो इन्टरनेट सेवा हुन्छ। तर, कहिलेकाहीँ हामीले राउटरको एंगल तथा केही हाम्रा सामान्य मानवीय त्रुटिले पनि इन्टरनेट सेवामा ढिलो हुन जान्छ।

अहिले नेपालमा उपत्यकालगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ। त्यसैले धेरैजसोले काम घरबाटै गर्नुपर्ने अवस्था सिर्जना भएको छ। जसका कारण अहिले इन्टरनेटको माग उच्च हुन गएको छ। 

निषेधाज्ञाका कारण अहिले प्रायः अन्य क्षेत्र बन्द छन्। सेयर बजार खुलै छ। नियामक निकायले पनि विद्युतीय माध्यमबाट सेयर कारोबार गर्न आमलगानीकर्तालाई प्रोत्साहन गर्दै आएको छ। ब्रोकर हाउसहरुले पनि यो निषेधाज्ञाको बेला विद्युतीय माध्यमबाट गरिने सेयर कारोबारलाई मात्र मान्यता दिने जनाउको छ। 

त्यसो त नेपाल अहिले अनलाइनबाटै सेयर कारोबार गर्नेको संख्या ह्वात्तै बढेको छ। त्यसैले प्रायःले घर–घरबाट सेयर कारोबार गर्ने भएकोले तीव्रगतिको इन्टरनेट आवश्यक र बढी माग पनि हुन्छ। त्यसका लागि हामीले केही हाम्रा गल्ती सुधार गरेमा पनि इन्टरनेट छिटोछरितो हुन जान्छ। 

त्यसैले दिनमा एकपटक ५–७ मिनेट राउटर अफ गर्ने र राउटरनजिक अन्य इलेक्ट्रोनिक डिभाइस नराख्ने हो भने इन्टरनेट छिटोछरितो बनाउन सकिन्छ। किनकि यसता डिभाइसले वेभलाई तान्ने हुँदा इन्टरनेटको गति स्लो हुन्छ। 

अर्को उपाय भनेको वाईफाईलाई हाइड गर्ने तथा हरेका महिना पासवर्ड परिबर्तन गर्ने। जसका कारण अन्य कसैले तपाइँको वाईफाई ह्याक गरेर प्रयोग गर्न सक्दैनन् र थोरै प्रयोगकर्ता उच्चतम इन्टरनेटको प्रयोग गर्न सक्छन्।

अर्को सबैभन्दा महत्वपूर्ण भनेको तपाइँको सेवा प्रदायकलाई हरेक महिना सम्पर्क गरेर इन्टरनटे स्लो भएको गुनासो गर्नुपर्छ। किनकि तपाइँले कुनै गुनासो नगरे तपाइँलाई दिएको पोर्टबाट उनीहरुले अरुलाई पनि सेवा दिएका हुन्छन्। जसले गर्दा तपाइँको इन्टरनेट स्लो हुन्छ। – एजेन्सीको सहयोग