काठमाण्डौ । समता लघुवित्तसँग मर्जरमा जान लागेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सभा आउँदो पुस १४ गते काभ्रेको बनेपास्थित पन्चकन्या बैंक्वेटमा आयोजना गर्ने निर्णय गरेको हो। सभामा विशेष प्रस्तावका राखिने समता लघुवित्तसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरिनेछ।

सभामा दुवै वित्तीय संस्था आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन पारित हुनेछ। सभाले मर्जर प्रयोजनका लागि निर्धारण गरिएको सेयर स्वाप सेयर पनि पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्नेछ।

यसैगरी सभामा दुवै संस्था आपसमा गाभिने कार्यका लागि अन्तिम सम्झौता गर्न र सोसम्बन्धी आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्यितयारी दिने प्रस्ताव पनि पारित हुनेछ।

दुवै संस्था गाभिएपछि बन्ने नयाँ संस्थाको नाम ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा रहने प्रस्ताव पनि पारित हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि छलफल गरी पारित गर्नेछ।