काठमाण्डौ । युट्युब मनोरञ्जनको साधनमात्र होइन कमाइको माध्यम पनि हो। तपाइँ युट्युबमा च्यानल बनाएर पैसा कमाउन पनि सक्नुहुन्छ। 

यदि तपाइँ युट्युबर बनेर पैसा कमाउन चाहनुहुन्छ भने तपाइँले आफ्नो युट्युब च्यानल खोल्नुपर्छ। युट्युबबाट कमाइ गर्नका लागि निम्न कुरामा ध्यान दिन आवश्यक हुन्छ :–

१. युट्युबमा यसरी बनाउने भिडियो

युट्युब प्रोग्रामसँग जुड्नका लागि तपाइँले च्यानल पोलिसी र गाइडलाइन्स मान्नुपर्ने हुन्छ। च्यानलमा तिनै प्रोग्राम लिइन्छ, जुन सर्तहरुअनुसार हुनेछन्। युट्युबले प्रयोगकर्ताहरुले आफ्नो पोलिसी र गाइडलाइन्स मानेका छैन वा छैन भनेर निगरानी गर्नेछ। यसका साथै च्यानलको कम से कम १ हजार सब्सक्राइबर्स र ४ हजार भ्यालिड पब्लिक वाच टाइम हुनुपर्छ। अर्थात तपाइँको च्यानल मानिसहरुले न्यूनतम ४ हजार घन्टा हरेको हुनुपर्छ। 

२. माई च्यानल अप्सन

युट्युबबाट कमाइ गर्ने पहिलो स्टेप भनेको नै च्यानल सुरुआत गर्नु हो। आफ्नो जीमेल आईडीबाट युट्युबमा लगइन गर्नुपर्छ। सर्च बारको दायाँतर्फ तपाइँको अकाउन्ट हुन्छ। त्यहाँ माई च्यानल अप्सनमा गएर क्लिक गरेर त्यसलाई नाम पनि दिन सकिन्छ। नाम दिँदा यो कुरालाई ध्यानमा राख्नुपर्छ कि नाम थोरै युनिक होस् वा पहिले नै त्यो नाममा अरु च्यानल नहोस्।

३. मनिटाइजेसन प्रोग्रामका लागि अप्लाई गर्नुहोस्

युट्युबमा कमाइ तब सुरु हुन्छ जब तपाइँले मनिटाइजेसन प्रोग्रामका लागि अप्लाई गर्नुहुनेछ। अप्लाई गर्नका लागि तपाइँ बायाँतर्फ दिइएको च्यानल सेक्सनमा जानुपर्ने हुन्छ। त्यहाँ अप्सन देखिनेछ। मनिटाइजेसन प्रोग्रामको युट्युबले नियम परिवर्तन गरिदिएको छ। क्लिक गरेपछि तपाइँको आफ्नो ई–मेल आईडी हाल्नुपर्ने हुन्छ। त्यसपछि करिब दुई दिनभित्र तपाइँलाई अप्रभुल प्राप्त हुनेछ।

४. Google AdSense मा साइनअप गर्नुहोस्

एप्लिकेसनको प्रक्रियामा तपाइँले पैसा कमाउनका लागि एउटा AdSense अकाउन्टसँग कनेक्ट गर्न आवश्यक हुन्छ। यसका लागि Sign up for Google Adsense मा क्लिक गर्नुपर्छ। यदि तपाइँसँग पहिले नै यो अकाउन्ट छ भने त्यसैलाई प्रयोग गर्न सक्नुहुन्छ।

५. यसरी गर्नुहोस् Google AdSense सँग लिंक

तपाइँ एउटा AdSense अकाउन्टबाट एउटाभन्दा धेरै च्यानलहरु पनि लिंक गर्न सक्नुहुन्छ। यदि तपाइँसँग ब्मक्भलकभ अकाउन्ट छैन भने तपाइँ अनस्क्रिन निर्देशनहरुको पालना गर्दै बनाउन सक्नुहुन्छ। एकपटक तपाइँ AdSense कनेक्ट गरेपछि 'Sign Up for Google AdSense' कार्डमा हरियो 'Done' साइन मार्क गरिएको हुन्छ। 

६. युट्युबले गर्नेछ चेक

त्यसपछि तपाइँको च्यानलको रिभ्यु हुन्छ। युट्युबले अटोमेटेड सिस्टम र रिभ्यु गर्नेखाले च्यानलको कन्टेन्टको रिभ्यु गरेर यो हेर्छ कि यसले के गाइडलाइनहरुको पालना गरिरहेको छ ? च्यानको रिभ्युपछि सामान्य अवस्थामा एक महिनापछि तपाइँको विषयमा फैसला हुन्छ।

७. भिडियोमा विज्ञापन गरेर पैसा कमाउन सक्नुहुन्छ 

च्यानलमा तपाइँ विज्ञापनमार्फत कमाइ गर्न सक्नुहुन्छ। तपाइँ डिस्प्ले र भिडियोमा विज्ञापनबाट पैसा कमाउन सक्नुहुन्छ। च्यानलको मेम्बरसिपका माध्यमबाट पनि पैसा कमाउन सकिन्छ। मेम्बरहरुले तपाइँद्वारा अफर गरिएको केही खास फाइदाहरुका लागि मासिक भुक्तानी गर्ने गर्छन्। – एजेन्सी