काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा १ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष पनि यही अवधिमा कम्पनीले १ करोड ६ लाख घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २७.६७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ११ करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा रिजर्भ ९१ लाख ३३ हजार रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.८२ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो ९४.६१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७९.७९ रुपैयाँ रहेको छ।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago