काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आज साउन १८ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको छ। 

कम्पनीले १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। 

यो हकप्रदमा लगानीकर्ताले भदौ ७ गतेसम्म खरिद आवेदन पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले मेरो सेयरबाट अनलाइन आवेदन दिन पाउनेछन्। धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, सिद्धार्थ क्यापिटलको कार्यालय र सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद निष्कासनका लागि गत असार १९ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसको अर्थ असार १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्।