काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ मा ङादी ग्रुप पावर लिमिटेडको नाफा घटेको छ।

कम्पनीको आइतबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा नाफा ४.७७ प्रतिशतले घटेको हो। समीक्षा अवधिमा कम्पनीले ५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म ६ करोड १३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ४.९८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष विद्युत् बिक्रीबाट १४ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म १३ करोड ६५ लाख रुपैयाँमा आर्जन गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफाबाट घटेर ११ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन मुनाफा १३ करोड ७ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको चुक्ता पुँजी ५३ करोड ५५ लाख रुपैयाँ र जगेडा कोष ६ करोड ९६ लाख रुपैयाँको रहेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.३५ गुणा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.०१ रुपैयाँ रहेको छ।