काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले लाभांश वितरण र हकप्रद सेयर गर्ने निर्णय गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकले गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गर्नुका साथै लाभांश वितरणपछि कायम चुक्तापुँजी २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। 

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १६१.०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।

सोही बैठकले बोनस सेयर जारीपछि हुने चुक्तापुँजीको १ः२ अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न आगामी वार्षिक साधारणसभा पेस गर्ने निर्णय पनि गरेको छ।