काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आज असोज ३ गते डोकेको छ। 

कम्पनी सञ्चालक समितिको गत साउन ३२ गते बसेको बैठकले वार्षिक साधारणसभा असोज ३ गते आयोजना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आज काठमाण्डौको अनामनगरस्थित क्विन्स क्याफेमा कम्पनीले वार्षि साधारणसमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/८८ का लागि प्रस्तावित लाभांश कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १६१।०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँबराबरको १ः२ प्रतिशत अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदा भदौ १८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।