काठमाण्डौ । अमेरिकाको दक्षिणी राज्यहरुमा आकाशबाट ७६७ किलोमिटर टाढा चट्याङ परेपछि मानिसहरु आतंकित भएका थिए। अमेरिकाका ३ राज्यमा देखापरेको यो चट्याङले अहिले विश्वका सबै रेकर्ड तोडेको छ। यो बिजुली स्ट्राइकलाई ’मेगा फ्ल्यास’ नाम दिइने भएको छ। 

सन् २०२० अप्रिल २९ मा यो चट्याङ परेको थियो। तर, अब यसलाई अन्तरिक्ष प्रविधिको सहयोगमा नापिएको छ। यो मेगाफ्ल्यास ७६७ किलोमिटर थियो। जुन न्युयोर्क सहर, कोलम्बस र ओहायोको कुल दूरी बराबर हो। 

मेगाफ्लासहरु सामान्य बिजुली जस्तै होइनन्। यो एक विशाल जिग्ज्याग बिजुली हो। जुन एक विद्युतीकरण क्लाउडबाट अर्कोमा जान्छ। यो धेरै छिटो हुन्छ। एक विशाल आँधीले मेगाफ्लासलाई सयौँ किलोमिटर टाढा यात्रा गर्न र १० सेकेन्डभन्दा बढी आकाशमा प्रकाश देखिन्छ। यो मेगाफ्ल्यास ह्युस्टनको दक्षिणी भागमा आँधीबेहरी र वर्षाको बीचमा भएको थियो।

विश्व मौसम विज्ञान संस्थानले मंगलबार विश्वको सबैभन्दा लामो दूरीमा चट्याङ परेको प्रमाण पेस गरेको हो। यो पहिले खसेको चट्याङभन्दा ६० किलोमिटर बढी थियो । योसँगै यो चट्याङले नयाँ कीर्तिमान बनाएको छ। 

यसअघि सबैभन्दा लामो चट्याङको कीर्तिमान गत २०१८ अक्टोबरमा ब्राजिलमा कायम भएको थियो । यो चट्याङलाई गोज–इस्ट उपग्रहले अन्तरिक्षबाट आफ्नो क्यामेरामा कैद गरेको थियो। यो अमेरिकाको दक्षिणी भागमा देखियो।

विश्व मौसम विज्ञान संस्थानले उरुग्वे र उत्तरी अर्जेन्टिनाबीच सन् २०२० जुनमा देखा परेको अर्को मेगाफ्लासलाई पनि मान्यता दिएको। यो मेगाफ्ल्यास सबैभन्दा लामो समयसम्म आकाशमा रह्यो। यो लगभग १७.१ सेकेन्डसम्म देखिएको थियो। यसलेसन् २०१९ मा अर्जेन्टिनाको मेगाफ्ल्यास १६.७३ सेकेन्डको रेडर्क ब्रेक गरेको थियो। 

नयाँ रेकर्ड होल्डरको नाम अमेरिकी मेट्रोलोजिकल सोसाइटीको बुलेटिनमा प्रकाशित गरिएको छ। –एजेन्सी