काठमाण्डौ । Volkswagen कार खरिद गर्ने इच्छुक ग्राहकलाई आउँदो १ वर्षसम्मको लागि कम किस्ता तिरे पुग्ने अफर अधिकृत बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालि लिएर आएको छ।

विश्व महामारी कोभिड–१९ द्वारा सिर्जित वातावरणमा धरै व्यक्तिको सुरक्षित सार्वजनिक सवारीसाधनको अभावमा मोटरसाइकल वा कार किनुपर्ने बाध्यता भएको परिप्रेक्ष्यमा सर्वसाधारणसम्म Volkswagen पोलो कारको पहुँच होस् भन्ने अभिप्रायले यो योजना लागू गरिएको हो।

यस अफरअन्तर्गत आउँदो १ वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिरेमात्र पुग्नेछ । त्यसपछि ग्राहकले नियमित किस्ता तिर्नुपर्ने हुन्छ। 

पूजा इन्टरनेशनल नेपाल प्रालिका बजार प्रबन्धक विराज श्रेष्ठका अनुसार कोभिड–१९ को संक्रमण १ वर्षभित्र अन्त्य भई ग्राहकको क्रयशक्ति पुरानो स्वरुपमा आउनेछ भन्ने आशाका साथ यो योजना लागू गरिएको हो। साथै यस योजनाअन्तर्गत अफर गरिएको प्रिमियम ह्याचब्याक गाडी पोलोमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै– एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टरसहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश गरिएको छ।

लगातार ३ वर्षसम्म विश्वमा सर्वाधिक गाडीहरु बिक्री गर्न सफल Volkswagen को विश्वस्तरीय गाडी उत्पादन गर्ने कम्पनी हो। खरिद गर्नुअगाडि टेस्ट  डाईभ गर्दा संरक्षित वातावरणमा गरिने कुरामा पूजा इन्टरनेसनल नेपाल प्रालिले जनाएको छ। 

यस योजनाअन्तर्गत अन्य सुबिधाहरु यस प्रकार छ –

  • फ्रि एक्ससोरिज
  • सुलभ फाइनान्सिङ सुविधा
  • प्रथम वर्षको सडक शुल्क
  • २ वर्षसम्मको किमिबन्देज नभएको वारेन्टी
  • ४ वर्षसम्मको निःशुल्क सर्भिस 
  • डेलिभरीका लागि कुर्नु नपर्ने