काठमाण्डौ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले चन्द्रमामा पनि फोरजी मोबाइल नेटवर्क विकास गर्ने योजना बनाएको छ। यसका लागि कम्पनीले टेलिकम कम्पनी नोकियालाई ठेक्का दिएको छ। 

समाचार एजेन्सीहरुका अनुसार नोकियाले चन्द्रमामा पहिले फोरजी/एलटीई नेटवर्क स्थापना गर्नेछ। त्यसपछि फाइभजीमा अपग्रेड गर्नेछ।

नासाका तर्फबाट यो काम सुरु गर्नका लागि नोकियालाई १४.१ मिलियन अमेरिकी डलर फन्ड उपलब्ध हुनेछ। यो फन्ड नासाको ‘टिपिङ प्वइन्ट’ सेलेक्सनअन्तर्गत ३७० मिलियन डलर मूल्यको एउटा कन्ट्र्याक्टको एउटा हिस्सा हुनेछ। यसको लक्ष्य अन्तरिक्षलाई अझै एक्सप्लोर गर्नका लागि रिसर्च र डेभलपमेन्टलाई अगाडि बढाउनु नै रहेको नासाले स्पष्ट पारेको छ। 

नासाले आफ्नो आधिकारिक घोषणमा भनेको छ कि यो फोरजी सिस्टम टाढाको दूरी, तीव्रगति र उत्कृष्ट तरिकाले चन्द्रमाको सतहमा कम्युनिसेसन गर्न सहयोगीसिद्ध हुनेछ। 

नासाले चन्द्रमामा यो योजनालाई मूर्त रुप दिन नोकियासहित कुल १४ अमेरिकी कम्पनीलाई छनाट गरेको थियो। यो योजनाका लागि कुल ३७० मिलियन डलरको फन्ड विनियोजित गरिएको छ। 

नासाले टेक्नोलोजीको एउटा शृंखला विकसित गर्ने लक्ष्य राखेको छ। जसबाट यो दशकको अन्त्यसम्म चन्द्रमामा स्थायी रुपमा आर्टेमिस सञ्चालनको माग प्रशस्त हुन सकोस्। 

नासाले यो योजनाका लागि स्पेसएक्स, लकहिड मार्टिन, नोकिया, सिएरा नेवादा, एसएसएल रोबोटिक्स र युनाइटेड लन्च अलायन्स (यूएलए) लाई सहभागी गराएको छ। युनाइटेड प्रेस इन्टरनेसनलका अनुसार नासाका प्रशासक प्रमुख जिम ब्रिडेनस्टाइनले एउटा लाइभ प्रसारणमा यदि साना सन् २०२८ सम्म अन्तरिक्ष यात्रुहरुलाई चन्द्रमामा काम गरेको देख्ने लक्ष्य पूरा गर्न चाहन्छ भने उसले तीव्र रुपमा नयाँ प्रविधिको विकास गर्नुपर्ने बताएका छन्। ‘हामीलाई यस्तो पावर सिस्टमको आवश्यक छ, जुन चन्द्रमाको सतहमा लामो समयसम्म रहन सक्छ’, उनले भनेका छन्, ‘अनि हामीले चन्द्रमामा प्रवासको क्षमता पनि विकास गर्नुपर्ने हुन्छ।’ 

नोकिका रिसर्च आर्म बल ल्याब्सले ट्विटरमार्फत चन्द्रमामा फोरजी विकास गर्ने ठेक्का पाएको खुसी व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘चन्द्रमाका लागि ‘टिपिङ प्वइन्ट’ प्रौद्योगिकीहरु अगाडि बढाउनका लागि एउटा प्रमुख भागिदारका रुपमा नासाले हामीलाई छनोट गरेकोमा निकै उत्साहित छौँ। यो योजनाले चन्द्रमाको सतहमा मानवको स्थायी उपस्थितिको दिशामा मार्गप्रशस्त गर्न मद्दत मिल्नेछ।’ – एजेन्सी