काठमाण्डौ । भारत र क्यानडाबीच कूटनीतिक विवाद चर्किंदै गएको छ। यसैको परिणामस्वरुप क्यानडास्थित भारतीय नियोगले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरिएको जनाएको छ।
केही समयपहिले भिसा सेवा स्थगितबारेकोे सूचना पोस्ट गरेपछि भारतको भिसा आवेदन ह्यान्डल गर्ने कम्पनी बीएलएस इन्टरनेसनलको वेबसाइटबाट हटाइयो थियो। तर, अहिले फेरि उक्त सूचना वेबसाइटमा पोस्ट गरिएको छ।
क्यानाडाको इन्डियन भिसा सेन्टरले आफ्नो वेबसाइटमा भनेको छ, ‘भारतीय मिसनका तर्फबाट महत्वपूर्ण सूचना– अपरेसनल कारणहरुले गर्दा भारतीय भिसा सेवाहरु २१ सेप्टेम्बरदेखि अर्को सूचना नभएसम्म स्थगित गरिएको छ। थप सूचनाका लागि बीएलएसको वेबसाइट हेर्न सकिन्छ।’
बीएसएल इन्टरनेसनल क्यानाडामा भारतीयहरुका लागि अनलाइन भिसा आवेदन केन्द्रहरु व्यवस्थापन गर्दछ।
भारत र क्यानडाबीच कूटनीतिक विवाद चलिरहेको छ। यसअघि क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो। त्यसपछि भारतले क्यानडाली कूटनीतिज्ञलाई पनि निष्कासन गरेको थियो। –एजेन्सी
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
22 hours ago
22 hours ago