काठमाण्डौ । भोलि शुक्रबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा हाल कायम चर्को कमिसन घटाउन लगानीकर्ताहरु जाने भएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीका अनुसार भोलि बिहान ११ बजे चर्को कमिसन अविलम्ब घटाउन कडा रुपमा प्रस्तुत हुनका लागि जाने तयारी भएको जानकारी दिइन् । 

सेयर किन्दा र बेच्दा दुवैमा चर्को ब्रोकर कमिसन तिर्नुपर्ने बाध्यतालाई हटाउनका लागि फोरमले अन्य लगानीकर्ता संगठनहरुः सेयर लगानीकर्ता संघ, पूँजीबजार लगानीकर्ता संघलाई समेत सँगै जान आग्रह गरेको उनले दाबीसमेत गरिन् ।

नेपाल इन्भेष्टर्स फोरमले आफ्नो फेसबुक पेजमा ब्रोकर कमिसन ०.२५ प्रतिशत कायम गर्न दवाब सिर्जनासमेत गर्नका लागि सम्पूर्ण लागनीकर्ताहरुलाई भोलि शुक्रबार ११ बजे धितोपत्र बोर्ड आउन सार्वजनिक रुपमै आह्वान समेत गरेको छ ।