काठमाण्डौ। डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवासुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीको महान चाडपर्वका उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ।

कोरोना माहामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदानमार्फत कम गरी परिवारबीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले जानकारी दिए। 

यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमनमात्र नभई चाडपर्वमा टीका, रङ तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने विचार बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले व्यक्त गरे। 

यस अभियानअन्तर्गत बडादशैंमा पाँच दिन ९विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म०, तिहारमा तीन दिन ९लक्ष्मी पूजादेखि भाइटीकासम्म० तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैंकिङ एवमा भएको  डिजिटल दक्षिणामार्फत गरिएको अन्तरबैंक रकमान्तरमा लाग्ने सेवा शुल्क क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्नेछ। 

कोभिड–१९ को यस विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य र सावधानीका उपायहरुको पालना गर्दै सुरक्षित किसिमले दसैँ मनाउनु नै आजको अवाश्यकता ठानी आफ्ना ग्राहकवर्गलाई कुमारी बैंकले उक्त सुविधा प्रदान गर्ने भएको हो। आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको कुमारी बैंकले हाल आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटीएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

आगामी दिनमा आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ।