काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११२ औं शाखा ललितपुरको चापागाउँमा संचालनमा ल्याएको छ । 

यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । 

यस नयाँ शाखाकोसाथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।