काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषमा बैंक तथा वित्तीय संस्थाहरुले ४ करोडभन्दा बढी खाताको निक्षेप सुरक्षण गराएका छन्।
कोषमा चालु आर्थिक वर्षको सुरुआतदेखि हालसम्म ४ करोड १ लाख ३६ हजार निक्षेपकर्ताको ११ खर्ब ५९ अर्ब ५८ करोड १० लाख रुपैयाँबराबरको निक्षेप सुरक्षण गरिएको हो।
कोषका प्रवक्ता विनोद पन्तले हालसम्म आउँदा ५७ बैंक तथा वित्तीय संस्थाको रकम सुरक्षण गरिएको बताए। ‘अहिलेसम्म २२ वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी र २ लघुवित्त वित्तीय संस्थाहरुको ४ करोडभन्दा बढी खातको ११ खर्ब बढी रकम कोषले सुरक्षण गरेको छ’, उनले भने।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ५ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गराउने सक्ने व्यवस्था गरेको छ। सोहीअनुसार हाल प्रतिबैंक (बैंक तथा वित्तीय संस्थाहरु) ले प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्दै आइरहेका छन्।
कुनै पनि वैंक तथा वित्तीय संस्था टाँट पल्टिँदा निक्षेपकर्तालाई हुन सक्ने सम्भावित नोक्सानीबाट यो प्रणालीले बचाउने कोषको भनाइ छ। कोषका प्रवक्ता पन्तले निक्षेप सुरक्षणबापत सबै बैंक तथा वित्तीय संस्थाका लागि वार्षिक प्रिमियम दर सुरक्षित निक्षेपको ०.१६ प्रतिशत निर्धारण गरिएको छ। ‘तोकिएको प्रिमियमलाई बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासमा ०.०४ प्रतिशतका दरले भुक्तानी गर्नुपर्छ’, उनले भने।
पन्तले हालसम्म आउँदा कोषमा निक्षेप सुरक्षण गर्नेमा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंकको रहेको बताए। २२ वाणिज्य बैंकले १० खर्ब १ अर्ब ५ करोड रुपैयाँ निक्षेप सुरक्षण गराएका छन्। जसमा ३ करोड ४४ लाख ७९ हजार निक्षेपकर्ताको निक्षेप सुरक्षण गरिएको हो। कोषमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ३२ लाख ४१ हजार निक्षेपकर्ताको ९७ अर्ब ५ करोड ७ लाख रुपैयाँबरारबरको निक्षेप सुरक्षण गरेको हो।
त्यसैगरी विकास बैंकहरुबाट कोषले ५० लाख २५ हजार निक्षेपकर्ताको १ खर्ब ३६ अर्ब १० करोड ७० लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ। जसमा सबैभन्दा ठूला हिस्सा मुक्तिनाथ विकास बैंकको छ। यो बैंकले कोषमा १० लाख ५८ हजार निक्षेपखाताको २८ अर्ब २ करोड ३४ लाख २२ हजार रुपैयाँबराबरको निक्षेप सुरक्षण गरेको छ।
यस्तै वित्त कम्पनीहरुले पनि २० अर्ब ४० करोड ८१ लाख ५६ हजार रुपैयाँबरारबरको सुरक्षण कोषमा गराएका छन्। जसमा कुल ५ लाख ७१ हजार निक्षेपखाताको रकम सुरक्षण गरिएको हो। वित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै आईसीएफसी फाइनान्सले ७६ हजार निक्षेपकर्ताको ३ अर्ब १९ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको निक्षेप सुरक्षण गरेको हो।
त्यसैगरी २ लघुवित्त वित्तीय संस्था (निर्धन उत्थान र छिमेक लघुवित्त) मा खाता खोल्ने ६० हजार ३१० निक्षेपकर्ताको १ अर्ब २० करोड ६६ लाख ९६ हजार रुपैयाँ निक्षेप सुरक्षण गरिएको छ।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago