काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ। आवश्यकताअनुसार सरकारले विभिन्न औजार प्रयोग गरी नेपाल राष्ट्र बैंकमार्फत आन्तरिक ऋण उठाउने गर्छ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ आन्तरिक ऋण उठाएको हो। यो अवधिमा विभिन्न समयमा जारी ट्रेजरी बिलमार्फत सरकारले १ खर्ब ३९ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ उठाएको छ।
त्यस्तै विकास ऋणपत्रमार्फत १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ५ करोड ६७ लाख रुपैयाँ ऋण सरकारले उठाएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि सरकारले ऋण उठाउन थालेको थियो। दोस्रो त्रैमासमा ६ अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ९९ अर्ब ४६ करोड र चौथो त्रैमासमा १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ आन्तरिक ऋण सरकारले उठाएको छ। यी ऋण दोस्रो त्रैमासमा २.६ प्रतिशत, तेस्रो त्रैमासमा ४३ प्रतिशत र चौथो त्रैमासमा ५४.४०२ प्रतिशत रहेका छन्।
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago