काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा बैंकहरुसँग आफ्नो अनुभवसहित सुुझाव माग गरेको छ।
राष्ट्र बैंकले गत कात्तिक १ गतेदेखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू गरेको थियो। सोही मार्गदर्शनमा बैंकहरुले भोगेका अनुभवसहितका सुझाव पेस गर्न भनेको हो। ‘यसका लागि राष्ट्र बैंकले बैंकहरुलाई आज एक पत्र पठाएको छ’, राष्ट्र बैंक स्रोतले भन्यो, ‘पत्रमा चालु पुँजी कर्जा मार्गदर्शन लागू भएपछि बैंकहरुको अनुभवलगायत विषयमा जानकारी गराउन भनिएको छ।’
उक्त मार्गदर्शन लागू भएको एक महिनामा बैंकहरुलाई अनुुभव कस्तो रह्यो, कस्ता–कस्ता समस्या देखिएलगायत विषयमा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।
राष्ट्र बैंकले चालु पुँजी कर्जाको दुरुपयोग भएको भन्दै यो मार्गदर्शन कार्यान्वयनमा ल्याएको हो। मार्गदर्शन गरिएका केही नीतिगत व्यवस्थाको विरोध अहिले उद्योगी–व्यापारीले गर्दै आएका छन्। उनीहरुले त्यस्ता व्यवस्थाहरु परिमार्जन गर्न राष्ट्र बैंकलाई आग्रह गर्दै आएका छन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago