काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेडले आफ्ना थप दूई शाखा कार्यालयहरु चितवनको रत्ननगर टाँडी र नवलपरासीको कावासोतीमा श्रावण ९ गते उद्घाटन गरेको छ । 

कम्पनीको टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।

त्यसैगरी, कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारी, व्यावसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीको आज उद्घाटन भएको शाखाहरु  सहित ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट  सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे दाबी गरे ।

त्यसैगरी कम्पनीको चुक्त पुंजीको सम्बन्धमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्ने र तत् पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुंजी १ अरब २ करोड ६ लाख पुर्याउने समेत श्रेष्ठले जानकारी दिए । यस आर्थिक बर्ष २०७५।०७६ मा थप १२ शाखाहरु खोली आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।