काठमाण्डौ। चितवनमा आज सलोम एग्रीकल्चर पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी र कृषि कर्जा मेला सुरु भएको छ।
एक्स्पो भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरको हलमा सुरु भएको हो। नेपाल कृषि मेसिनरी व्यवसायी संघका अनुसार मेला चैत ९ गतेदेखि १२ गतेसम्म हुनेछ।
कृषि यान्त्रीकरण प्रदर्शनीमा करिब ३० देशबाट २ हजारभन्दा बढी मेसिनरी राखिएको छ। प्रदर्शनीमा जमिन तयार गर्ने मेसिनदेखि हार्डवयस्ट गर्ने सम्मका मेसिन, ग्रीन हाउस, थोपा सिँचाइ, नेपालमा बनेका कृषि मेहिनरी, उन्नत बीउ बिजन, प्राँगारिक मल, बागवाणीमा प्रयोग हुने यन्त्र औजार, मत्स्य पालनमा आवश्यक पर्ने मेसिनहरु राखिएका छन्।
मेलामा १५० स्टल छन्। करिब १ लाख किसानले मेला अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र संघको संयुक्त आयोजना गरिएको हो। नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण औद्योगीकरण ,आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायी तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउबिजन, आधुनिक सिँचाइलगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहेको छ।
यता विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजना गरिएको हो।
कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए। कृषि कर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्यांक छ। धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन्। यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुषमा शर्माले बताइन्।
मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने विश्वास लिइएको छ।
10 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago