काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ चितवन क्षेत्र नम्बर १ बाट सेयर बजारका अगुवा लगानीकर्ता हरि ढकालको जित नजिक पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका ढकालले अहिलेसम्म ३२ हजार ३९२ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। ढकालले निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेलाई ८ हजार ५०५ मतले पछाडि पारेका छन्। पाण्डेले अहिलेसम्म २३ हजार ८८७ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा कुल १ लाख ३९ हजार ८४५ मतदाता छन्। जसमा ९६ हजार १०९ मत खसेको छ।
अब गन्न बाँकी मत ढकाल र पाण्डेको मतान्तरभन्दा कम रहेकोले ढकालको जित सुनिश्चत देखिएको छ।
यो क्षेत्रमा कांग्रेसका विश्वनाथ पौडेल २२ हजार ३५३ मतका साथ तेस्रो स्थानमा छन्।
4 minutes ago
14 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago